काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आज (शुक्रबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफ पत्र पठाएका छन्। उनीविरुद्ध खानेपानी आयोजना निर्माणमा अनियमितता गरेको आरोप लगाउँदै आयोगमा उजुरी परेको थियो। सोही विषयमा मेयर साम्पाङले जवाफी पत्र पठाएका हुन्।
केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षों बिन्ती बिसाउँदा पनि नसुनेकोले थोत्रे गाग्री लिएर सिंहदरवार पुगे, जनतालाई पानी चाहिएको उनले पत्रमा उल्लेख गरेका छन्। साम्पाङले आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के त्यसैले हाम्ले श्रमदान गर्नु परेको हो, खोइ कुरा बुझेको भनी प्रश्न समेत गरेका छन्।
केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभए पछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरूको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको जानकारी पत्र मार्फत उनले दिएका छन्।
साम्पाङले जवाफी पत्रमा भनेका छन्, “उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो रु कति दिन श्रमदान गन्यो रु को हो त्यो ? बुझेर लेखिपठाउनु होला, धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नवजाको देख्दा राज्यको ढुकुटी खर्चेर बनाएको मेलम्ची, दमक टावर जस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला। पानी भनेको विकास होइन जीवनको आधार, मानिसको आधारभूत आवश्यकता हो। पानीमा राजनीति गर्नु हुँदैन। पानी माग्न जनता त्यता आउलान है फेरि।
![]()