टी–२० विश्वकपमा नेपालले आज मलेसियासँग भिड्दै - Chaitanya News
  • 2026-06-06
  • 18:21:17
  • शनिबार,जेठ २३, २०८३
  • टी–२० विश्वकपमा नेपालले आज मलेसियासँग भिड्दै

    टी–२० विश्वकपमा नेपालले आज मलेसियासँग भिड्दै

    काठमाडौँ– महिला यू–१९ टी–२० क्रिकेट विश्वकपमा नेपाल आज मलेसियासँग भिड्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन्।

    मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन्। पहिलो पटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो।

    विश्वकपको सुपर सिक्सको समुह एकमा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्टइण्डिज रहेका छन् भने समुह २ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजील्याण्ड रहेका छन्।