काठमाडौँ– राष्ट्रिय योजना आयोगले तीनै तहका सरकारबिच सहकार्य र समन्वय गर्दै १६औँ योजनाको कार्यान्वयनलाई व्यवस्थित बनाइने जानबमरीस् दिएबो छ।
आज (बिहीबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले १६ औँ योजना समृद्ध नेपाल, सुखी नेपालीको आधारशिलामा तयार भएकाले तीनै तहका सरकारबिच सहकार्य र समन्वय गर्दै कार्यान्वयनलाई व्यवस्थित बनाइने जनाएको हो।
१६ औँ योजना कार्यान्वयनमा दिगो विकास लक्ष्य स्थानीयकरण र अतिकम विकसित देशबाट स्तरोन्नति हुने लक्ष्यलाई प्राथमिकतामा राखिएको आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले बताए।
आयोगले आन्तरिक सुधारका महत्त्वपूर्ण कदमहरू चालेको र आयोजना बैंकको व्यवस्थित र अद्यावधिक गर्न खोजिएको जनाएको छ। योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आर्थिक वृद्धिलाई प्रवर्द्धन र जनताको जीवनस्तर सुधार गर्नका लागि मार्गदर्शन प्रदान गरेको उपाध्यक्ष अधिकारीले बताए। यस योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ छ।
सामाजिक न्याय र समान विकासलाई सुनिश्चित गर्न सबै वर्ग र समुदायलाई योजनाको फाइदा पुर्याउने गरी कार्यक्रमहरू निर्माण र कार्यान्वयन गरिने आयोगले जनाएको छ। राष्ट्रिय योजना आयोगले समपूरक अनुदान र विशेष अनुदान मार्फत स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू गरेको जनाएको छ।