काठमाडौँ– सरकारले २ जना राजपत्रांकित विशिष्ट श्रेणीका २ सचिवको सरुवा गरेको छ। माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवातर्फका २ सचिवको सरुवा गरेको हो।
सरुवा सूचीअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लोकराज पराजुलीको महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ता पदमा सरुवा भएको छ।
यस्तै महान्यायाधिवक्ता कार्यालयमा नायव महान्यायाधिवक्ता रहेका खेमराज ज्ञवालीको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिव पदमा सरुवा भएको हो।