ओली सरकार बिचौलियाको इसारामा चलेको पुष्टि भयो : भीम रावल - Chaitanya News
  • 2026-06-29
  • 01:34:19
  • आइतबार,आषाढ १४, २०८३
  • ओली सरकार बिचौलियाको इसारामा चलेको पुष्टि भयो : भीम रावल

    ओली सरकार बिचौलियाको इसारामा चलेको पुष्टि भयो : भीम रावल

    काठमाडौँ– डा. भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको इसारामा चलेको बताएका छन्।

    सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतिशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाटै फेरि पुष्टि भएको बताए।

    उनले भनेका छन्, ‘केपी नेतृत्वको सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतिशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाट फेरि पुष्टि भएको छ।

    एमालेबाट निष्कासित भएपछि नेता रावल अध्यक्ष ओलीप्रति आक्रोश पोख्दै आइरहेका छन्।