कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला - Chaitanya News
  • 2026-06-29
  • 01:33:51
  • आइतबार,आषाढ १४, २०८३
  • कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला

    कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन गर्न नुहने बताएका छन्।

    आज (बुधबार) सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले संविधान भन्नेबित्तिकै कांग्रेस–एमालेको मात्रै नहुने भएकोले सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने समेत बताए।

    उनले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन। नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ।

    उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पुर्‍याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए। अहिले कांग्रेस(एमालेबीच अलिअलि छलफलमात्रै भएको भन्दै उनले यो सबैको माझमा जानुपर्ने, त्यतिकै नहुने बताए।

     

    ‘यो यस्तो डकुमेन्ट हो जो कि सबैलाई पाच्य हुनुपर्छ । अनिमात्रै हुन्छ । दुई तिहाइ बनाएर गर्दिन्छौं भन्नु गलत हुन्छ,’ उनले भने, ‘कांग्रेस एमालेबीच अलिअलि छलफल भएको छ तर त्यतिले हुँदैन । यो सबैको माझामा जानुपर्छ । अरु दलहरुसित पनि छलफल गर्नुपर्छ । त्यसरी जानुपर्‍यो नि त ।’

    उनले संविधान संशोधनका बारेमा नागरिकले यो के हो के भइरहेको छ भनेर बोलिरहेको पनि बताए ।