काठमाडौँ– लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ।
आयोगले हिजो (मंगलबार) एक सूचना जारी गर्दै सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग दिपायल कार्यालयको विज्ञापन नम्बर १५८१९–१५८२०–०८०–८१ (खुला–समावेशी) नेपाल विविध सेवा, रा.प.अन.द्वितीय श्रेणी (प्राविधिक) सहायक कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरिएको छ।