काठमाडौँ– धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ खालि गाग्री लिएर सिंहदरबारमा पुगेका छन् । धरानको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई अवगत गराउने उद्देश्यका साथ उनी आज (मंगलबार) केहीबेर अघि सिंहदरबारमा पुगेका हुन्।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर हिजो काठमाडौँ आएका थिए। तर, उनी सिंहदरबारमा गाग्रीसहित प्रवेश गर्न पाएनन्। खाली गाग्री प्रहरीले नियन्त्रणमा लिएको हो।
सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै साम्पाङले गाग्री प्रहरीले नियन्त्रणमा लिएको बताए।