संसद्को हिउँदे अधिवेशन यही माघ १८ मा बोलाउने सरकारको निर्णय - Chaitanya News
  • 2026-06-29
  • 01:36:23
  • आइतबार,आषाढ १४, २०८३
  • संसद्को हिउँदे अधिवेशन यही माघ १८ मा बोलाउने सरकारको निर्णय

    संसद्को हिउँदे अधिवेशन यही माघ १८ मा बोलाउने सरकारको निर्णय

    काठमाडौँ– सरकारले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ।

    आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो।

    विधेयक अधिवेशनको रूपमा लिइने हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन्।