काठमाडौँ– आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
मलेसियाको बांगीमा जारी स्कटल्याण्डविरुद्ध नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन्।
पहिलो खेलमा नेपाल बंगलादेशसंग ५ विकेटले पराजित भएको थियो।