काठमाडौँ– नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले डा.भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन्।
रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो। त्यसपछि रावलले मातृभूमि जागरण अभियानलाई सुरु गरेका थिए। आज उनको अभियानलाई साथ दिने र एमाले परित्याग गर्ने भन्दै हस्ताक्षरविनाको एक विज्ञप्ति सार्वजनिक भएको छ।
यी हुन् संयुक्त विज्ञप्तिमा उल्लेख गरिएका नाम
![]()
![]()
![]()
![]()
![]()