विराटनगर– कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो।
आजको बैठकका लागि पाँचवटा कार्यसूचीमा तय गरिएको छ।
आजको बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेस हुनेछ भने सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस गर्ने कार्यसूची छ।
यस्तै मुख्य न्यायाधिवक्ताको काम कर्तव्य अधिकार र सेवाको सर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुनेछ।
अधिवेशन सुरु भएको पहिलो दिन भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले आफ्नो मन्तव्य राख्ने कार्यसूची पनि रहेको रहेको छ।