यू–१९ महिला विश्वकप: स्कटल्याण्डसँग खेल्दै नेपाल - Chaitanya News
  • 2026-06-06
  • 18:14:45
  • शनिबार,जेठ २३, २०८३
  • यू–१९ महिला विश्वकप: स्कटल्याण्डसँग खेल्दै नेपाल

    यू–१९ महिला विश्वकप: स्कटल्याण्डसँग खेल्दै नेपाल

    काठमाडौँ– आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपालले आज दोस्रो खेल खेल्दैछ।

    दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।मलेसियामा जारी रहेको यो खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। जस अन्तर्गत बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।