पूर्वीय चिन्तन र मुलुकी शासन पद्धतिमा यसको प्रभाव : तोमनाथ उप्रेती - Chaitanya News
  • 2026-04-30
  • 19:59:22
  • बिहिबार,बैशाख १७, २०८३
  • पूर्वीय चिन्तन र मुलुकी शासन पद्धतिमा यसको प्रभाव : तोमनाथ उप्रेती

    पूर्वीय चिन्तन र मुलुकी शासन पद्धतिमा यसको प्रभाव : तोमनाथ उप्रेती

    विषय प्रवेश:
    चिन्तनले कुनै पनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, समस्यामाथि चिन्तन मनन गर्ने र सप्रमाण सिद्धान्त जारी गर्ने जस्ता कार्यहरू गर्दछ भन्न सकिन्छ । चिन्तनका पनि विभिन्न क्षेत्रहरू हुन्छन् । जस्तै, सत्यको सिद्धान्तको व्याख्या गर्ने, ज्ञानका स्रोतको बारेमा व्याख्या गर्ने, मूल्यका सिद्धान्त र तर्कहरू पुष्टि गर्ने क्षेत्रहरू । जसलाई तत्व मिमांसा वा मेटाफिजिक्स, ज्ञान शास्त्र वा एपिस्टेमियोलोजी, मूल्यशास्त्र वा एक्जियोलोजी र तर्कशास्त्र वा लजिक पनि भनिन्छ । यी क्षेत्रका पनि अनेक उपक्षेत्र पनि छन्, जसले सृष्टि विज्ञान, धर्मशास्त्र, मानिसको स्वरूप, वास्तविकता र पहिलो पदार्थका बारेमा अनेक व्याख्या गरेको छ । त्यस्तै, मानिसको ज्ञान ईश्वरीय वाणीबाट र धर्मग्रन्थबाट, आधिकारिक विज्ञबाट, अन्तरमनले देखेर, तर्क र अनुभव जस्ता माध्यमले प्राप्त हुन्छ एसिया तथा महाभारत क्षेत्र (भारतवर्ष वा पाकिस्तान, नेपाल, बंगलादेश र भारत) बाट प्रतिपादित र विकसित गरिएको चिन्तन पूर्वीय चिन्तन हो भनेर मानिएको छ।

    पर्वीय चिन्तनको दार्शनीक पक्ष:
    पूर्वीय चिन्तनले पूर्वी तथा दक्षिण एसियामा उत्पत्ति भएका चिन्तनहरूलाई जनाउँदछ । खासगरी भारतवर्ष भनेर चिनिने दक्षिण एसिया क्षेत्रमा उत्पत्ति भएका हिन्दु चिन्तन, जैन चिन्तन र बौद्ध चिन्तन बढी प्रभाव भएका पूर्वीय चिन्तन हुन्, जसको ठूलो प्रभाव दक्षिण एसियाका अलावा दक्षिणपूर्वी एसिया, तिब्बत र मंगोलियामा समेत छ । भारत वर्षमा विकसित भएको वा भारतीय चिन्तनलाई नै पूर्वीय चिन्तन भनिन्छ । पूर्वीय चिन्तन अन्तर्गतको मुख्य चिन्तन नै हिन्दू चिन्तन हो । चिन्तनशास्त्रमा प्रशस्त गरिएका पथहरुले व्यक्तिलाई असल त बनाउँछन् नै साथै उसका हरेक कर्म सदाचारयुक्त बनाउनमा सहयोग गर्दछ । पूर्वीय जीवन पद्धतिमा सदाचार मानिसको वैयक्तिक, पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनको अंग हो ।नेपाल परापूर्वकालदेखि नै एक धार्मिक तपोभूमिको रूपमा स्थापित भएकाले नेपाली समाजमा संस्कार र संस्कृतिको बढी प्रभाव रहेको पाइन्छ । आजपनि पूर्वीय परम्परा अनुसार पूजापाठ, धर्मकर्म, सामाजिक सहकार्य र आत्मज्ञानका लागि ईश्वरीय शक्तिको उपासना गर्ने जस्ता कार्यहरु नेपाली समाजमा जीवन्त छन् । स्वालम्बी बन्ने, परोपकार गर्ने,सबै प्राणीलाई दया गर्ने, उपयुक्त आहारको मात्र खानपिन गर्ने र अचारविचार असल बनाउने जस्ता वैदिक चिन्तनका उपदेशहरू अभ्यास भइरहेको पाइन्छ। हिन्दु र बौद्ध धर्म एवम् चिन्तनलाई प्राथमिकता दिएर सोही अनुसार नै चाडपर्व मनाउने, योग ध्यान गर्ने, सत्यको अवलम्बन गर्ने र बौद्ध परम्परा अनुरूप आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलमा आधारित भएर विभिन्न क्रियाकलापहरु गरिन्छन् । आयुर्वेद, योग, विपश्यना, शाकाहारी जीवनशैलीप्रति जनचासो वर्षहरूमा बढ्दो क्रममा देखिन्छन् ।

    युरोपीय महाद्वीपदेखि पूर्वतर्फका दार्शनिकहरूको चिन्तन भएको हुनाले यस क्षेत्रका दार्शनिक चिन्तनलाई पूर्वीय चिन्तन भनिएको हो । पूर्वीय चिन्तनलाई जुनसुकै नामले विश्लेषण गरिए पनि यसले जीवन र जगत् सत्य छ, शक्ति नै सर्वोपरि छ, जीवन र जगतमा संसार अडेको छ, हामी मानव भगवानका सिर्जना हौं, शरीर मरणशील छ, आत्मा अमर छ, मानवीय असल कर्मले नै उसलाई जीवन र जगतको नजिक पु–याउँछ भन्ने मान्यता लिएको छ । धर्म, संस्कार, संस्कृतिक सभ्यता, कला, वेद, प्रकृतिमा आधारित चिन्तन परम्परालाई पूर्वीय चिन्तन भनिन्छ । वास्तवमा मानवीय जीवन अत्यन्तै सुन्दर छ । अरु जीवहरुले बुझ्न, देख्न र भोग्न नपाएको जीवन मानव मात्रले पाएको छ । यस्तो अनुपम जीवनलाई सार्थक बनाउनका लागि आफूले गर्ने कर्मलाई स्वमूल्यांकन, स्वनियन्त्रण र स्वअनुशासित बनाउनुपर्दछ भन्ने मान्यता र यसका लागि अवलम्बन गर्नुपर्ने मार्गहरुलाई पूर्वीय चिन्तनले स्पष्ट पारेको छ । खासगरेर हिमवत्खण्ड तथा यसका दक्षिणी भेगका दार्शनिक चिन्तन नै पूर्वीय चिन्तनका रूपमा स्थापित भएका हुन्छ।

    एशियाका ज्योति गौतम बुद्ध अहिंसा र सत्कर्म शिक्षाका अद्वितीय दार्शनिक, साधक र सिद्धात्मा हुन्। उनले मानव समाजका लागिमात्र अहिंसा सिद्धान्त प्रतिपादन गरेनन्, समस्त प्राणीका पुजारी बने। चार सत्य, अष्ठ मार्ग, पञ्चशील बुद्ध चिन्तनका निष्कर्ष हुन्। खराब नगर्नु, सत्य गर्नु, मन स्वच्छ राख्नु बुद्ध वाणी हो जसले मानव सभ्यता सम्बर्द्धन गर्न बल दिन्छ। गौतम बुद्धका अनुसार यदि वाणी सही र दयालु छ भने यसले विश्व बदल्न सक्छ। आफ्नो दियो (प्रकाश) आफैँ बन्नुपर्छ। बुद्ध दया, सत्य र अहिंसाका प्रचारक र प्रयोक्ता पनि बने। त्यसैले बुद्धवाणीहरु दया र सत्यका खानी हुन्, ती व्यावहारिकमात्र होइनन्, शाश्वत पनि छन्।

    पूर्वीय नीतिशास्त्रका प्रकाण्ड विद्वत् व्यक्तित्व चाणक्य पूर्वीय राज्यचिन्तनका स्रोत हुन्। कार्यक्षेत्रअनुसार नाम र पहिचान भएका विष्णु गुप्तलाई आर्थिक चिन्तनमा कौटिल्य, नीतिशास्त्रमा चाणक्य र न्याय अनि कामशास्त्रमा वात्सायन भनेर पनि चिनिन्छन्। प्राचीन तक्षशीलाका अर्थशास्त्रका मेघावी प्राध्यापक र मगध सम्राट चन्द्रगुप्त मौर्यका महामन्त्री चाणक्य शास्त्रशक्ति र शस्त्रशक्तिलाई राज्यकौशल मान्थे, असम्भव भन्ने शब्दलाई कातरको शब्द मान्थे अनि वीर र बुद्धिमानले आफ्नो मार्ग आफैँ बनाउँछ भन्ने मान्यता राख्थे। उनका विचार र चिन्तनबाट आधुनिक संगठन र समाजले थुप्रै कुरा सिक्न सक्छ। जस्तो कि खास पदहरुमा त्यस्ता मानिसलाई नियुक्त गर्नुपर्छ जसले राजकीय कार्यहरु विशेष योग्यतापूर्वक सम्पन्न गर्न सक्तछ। त्यस्तै ’कुनै पनि पुरुषको सामर्थ्यको स्थिति उसका कार्यको सफलतामाथि निर्भर गर्छ अनि उसको त्यो कार्यक्षमता उनको विद्याबुद्धिका बलमा मापन गर्न सकिन्छ।

    पूर्विय चिन्तनअन्तर्गत चीनियाँ, भारतीय, कोरियन, थाइल्यान्ड, म्यान्मारका चिन्तनहरु पर्दछ्न् । हाम्रो हावा पानी र आधार सुहाउँदो चिन्तन पुर्वोय चिन्तन नै हो । त्यसमा पनि हाम्रो नेपाल र भारतीय चिन्तन अन्तर्गत हिन्दुवाद र हिन्दु चिन्तनका न्याय, योग, मिमाङ्सा, साख्य, वेदान्तजस्ता आस्तिक र जैन, चार्वक, आजिविक, श्रवण, अबिध्या जस्ता नास्तिक प्राचिन भारतिय चिन्तनको जगमा छौ ।मानव जीवनमा चरित्रलाई निकै महत्व दिने धर्म, संस्कार, संस्कृतिक सभ्यता, कला, वेद, प्रकृतिमा आधारित चिन्तन परम्परालाई पूर्वीय चिन्तन भनिन्छ । हिन्दु र बौद्ध चिन्तन पुर्वीया चिन्तनका उदाहरण हुन। मानव जीवनमा चरित्रलाई निकै महत्व दिने जैन, कन्फुसियस, ताओ, मोहि, कोरियन, चाइनिजजस्ता छिमेकी चिन्तनको ठूलो झुकाव छ हामीमा । बुद्धको जन्मभूमि नेपालमा हरेकको कण कणमा बुद्ध चिन्तनका अहिंसा र शान्ति हाम्रो पर्याय हुन् । मनको शान्ती हाम्रो जीवनशैलीको उपज हो । जुन बिकसित भनिएका राष्ट्रमा अत्यन्त कम मात्रमा पाइन्छ। भनिन्छ, त्यहाँ आधा भन्दा बढी मानिसाहरु डिप्रेसनमा छन् । सबै थोक भएर पनि मनमा अशान्ति हुदा आहात छ्न् । भौतारिदै हामीकहाँ आउछ्न् । जुन हामीसँग पहिल्यै देखि सुरक्षीत छन् । हाम्रो चिन्तन कला जीवनपद्द्ती हाम्रो अमुल्य निधि हुन् ।

    विभिन्न धर्म संस्कृतिजस्तै बुद्ध, हिन्दु, चिनियाँ, कोरियन, जापानी, मुस्लिमलगायत विभिन्न चिन्तनहरुलाई पूर्वीय चिन्तनका रुपमा विद्वानहरुले व्याख्या तथा विश्लेषण गर्दै आएको पाइन्छ । पूर्वीय चिन्तनलाई जुनसुकै नामले विश्लेषण गरिए पनि यसले जीवन र जगत् सत्य छ, शक्ति नै सर्वोपरि छ, जीवन र जगतमा संसार अडेको छ, हामी मानव भगवानका सिर्जना हौं, शरीर मरणशील छ, आत्मा अमर छ, मानवीय असल कर्मले नै उसलाई जीवन र जगतको नजिक पु–याउँछ भन्ने मान्यता लिएको छ । सनातनदेखि मान्दै आएको धर्म संस्कृतिको मूल आधारका रुपमा रहेका धर्मग्रन्थहरुमध्ये वेदलाई हरेक चिन्तनहरुको आधारशिलाका रुपमा लिन सकिन्छ । हुन त वेदलाई अन्य पूर्वीय चिन्तनको आधार मान्न सकिँदैन भन्ने विचारहरु नसुनिएका होइनन् तथापि विश्व वाङ्गमयमा वेदभन्दा प्राचीनतम पुस्तकहरु अरु छैनन् । वेदले धर्म चिन्तनको मात्र कुरा गरेको छैन, मानव सभ्यताको समेत व्याख्या गरेको छ । वेद ऐतिहासिक महत्वसहितको सबैभन्दा पुरानो ग्रन्थ पनि हो । यस अर्थमा सनातनदेखि चलिआएको धर्म चिन्तन नै हरेक चिन्तनको जननी हो । पूर्वीय चिन्तनको आधार हो ।जो व्यक्तिले पूर्वीय चिन्तनको रसपान गर्न सक्छ, उसले जीवन र जगतलाई बुझ्दै मानवीय जीवन जिउन सिक्दछ । जीवन जिउनु एक कला हो । हामीले वास्तविक जीवनको घडीलाई नियालेर हेर्ने हो भने जीवनमा जे हुन्छ भनेर सोचिएको हुन्छ, त्यो भइरहेको हुँदैन र जे भइरहेको छ त्यसको सम्बन्धमा सोचिएको पनि हुँदैन । जस्तैः भरपुर क्षमता भएका व्यक्तिहरु पनि सफल भइरहेका हुँदैनन् र सामान्य अवस्थाको व्यक्तिले निकै सफलता प्राप्त गरेको हुन्छ । वास्तवमा यो किन र कसरी भएको छ ? यी सबै कुराको ज्ञान केही हदसम्म पूर्वीय चिन्तनले दिएको छ । कर्मले नै यस जीवन र परजीवनमा समेत व्यक्तिको भाग्य निर्धारण गरेको हुन्छ । जसलाई हामी भाग्य मान्छौं, वास्तवमा यो भाग्यभन्दा पनि विभिन्न जीवनमा हामीले गरेका कर्महरुको संयोजनको परिणाम हो । यही परिणामले नै हाम्रो वर्तमान जीवनलाई डो–याइरहेको हुन्छ । मानवीय जीवन, जन्म र जगतबीचको सम्बन्धलाई पूर्वीय चिन्तनले अत्यन्तै सूक्ष्म रुपमा व्याख्या गरेको छ ।

    कर्मण्येबाधिकारस्ते मा फलेसु कदाचन ,मा कर्मफलहेतुर्भुमा ते सङ्सोक्स्वकर्मणि। (गीता अध्याय २, श्लोक ४७)
    मानिसको कर्म गर्नैमात्र अधिकार छ, के प्राप्त गरिन्छ भन्ने आशा गरेर काम गर्नुहुन्न। कर्म नगरे सिद्धि प्राप्त हुँदैन तर आशक्तिमा लिप्त भएर काम गर्नुहँुदैन। आधुनिक संगठन विज्ञानमा कामप्रतिको निष्ठा र समर्पणको स्रोत गीताका श्लोक हुन्। अर्को प्रसंगमा भगवानले भनेका थिए– इन्द्रियहरु शरीरभन्दा बलवान हुन्छन्। इन्द्रियभन्दा मन बलवान हुन्छ, मनभन्दा बुद्धि बलवान हुन्छ, फेरि बुद्धिभन्दा पनि अत्यन्त बलवान

    पूर्वीय चिन्तनभित्रकै बुद्ध चिन्तन आज विश्वभर फैलिएको छ । यस चिन्तनको भाव पनि कर्मको कारण र प्रभावबीचको सम्बन्ध के हो ? कर्मको प्रभावका कारण पुनर्जन्म हुन्छ वा हुँदैन । कर्मको निवारण कसरी गर्ने ? भन्ने लगायतका विषयमा केन्द्रित रहेको छ । जति भए पनि नपुग्ने तृष्णा नै दुःखको मुख्य कारक हो । दुःखबाट छुटकारा पाउन असल कर्म गर्नुपर्दछ र कर्मको निवारण अष्टमार्गको ज्ञान र सोको अवलम्बनबाट मात्र सम्भव छ । व्यक्तिको असल कर्म, सोच, बानी, व्यवहार, वचन, सम्बन्ध र स्मृतिले मानव जीवनलाई सार्थक बनाउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।मानिस जीवनयापनका लागि व्यक्तिगत रुपमा सदाचारी हुनुपर्दछ । व्यक्तिगत जीवन बनाउन आफ्नो शरीर र मनसँग सम्बन्धित विषय, आहार, विहार तथा गर्न हुने वा नहुने काम, कुरा र व्यवहारमा ध्यान दिन सकेमा यसले पारिवारिक जीवन सहज र माधुर्यमय बनाउँछ । यसरी सिर्जना भएको पारिवारिक माधुर्यताले व्यक्तिको सामाजिक जीवनलाई समेत मर्यादित बनाउँछ । पूर्वीय चिन्तनले मानिसको हरेक गतिविधिलाई परिवारसँगको सम्बन्ध, समाजसँगको सम्बन्ध र कर्तव्य, राष्ट्रसँगको सम्बन्ध र कर्तव्य तथा प्रकृतिसँगको सम्बन्ध र कर्तव्यसँग जोडेर हेरेको छ । चिन्तनका अनुसार मानिसले कुनै पनि कर्म गर्दा यी उल्लेखित सम्बन्ध र कर्तव्यबाट टाढा हुनु हुँदैन । जुन व्यक्तिले आफ्नो अधिकार, कर्तव्य र सम्बन्धबीच त्रिकोणात्मक सन्तुलन कायम गर्न सक्छ, ऊ सदाचारको पथमा सजिलै हिँड्न सक्छ ।

    चिन्तन जगत् र जीवनलाई डो¥याउने एक वैज्ञानिक बाटो हो । जति पनि सांसारिक क्रियाकलाप र पूर्ण वा अपूर्ण ज्ञानहरू अस्तित्वमा छन्, ती सबैको उद्गमस्थल र समस्या समाधानको बाटो नै चिन्तन हो । व्यक्तिले यस संसारमा जे जति क्रियाकलाप गर्छ र आफ्नो ज्ञानको सदुपयोग गरी स्थापित हुन खोज्छ, त्यो कुनै न कुनै चिन्तनमा आधारित भएरै गरेको हुन्छ । अझ शिक्षा क्षेत्रमा चिन्तन नै मुख्य मियो र शैक्षिक गतिविधि त्यसमा घुम्ने वस्तु हुन् भनेर बुझ्न सकिन्छ ।यद्यपि विभिन्न प्रणालीहरूले आफ्नो–आफ्नो ज्ञानमीमांसाका अनुसार मोक्षको अलग अलग कल्पनाको छ, तथापि अज्ञान, दुःखबाट मुक्त हुन सक्छ। यसलाई जीवनमुक्ति कह्नुहोस्गे। तर केही प्रणालियोउँ, जसमा न्याय, वैशेषिक एवं विशिष्टाद्वैत उल्लेखनीय छन्; जीवनमुक्तिको सम्भावनालाई अस्वीकार गर्दछन्। दोस्रो रूपलाई “विदेहमुक्ति“ भन्दछन्। जसका सुख–दुःखका भावहरूको विनाश भयो छ, त्यो देह त्यागने पछि आवागमनका चक्रबाट सर्वदाको लागि मुक्त हुन जान्छ। उसलाई निग्रहवादी मार्गको अनुसरण गर्न पर्दछ। उपनिषदहरूमा आनंदको स्थितिलाई नैं मोक्षको स्थिति भनिएको छ, किन भने आनंदमा सारा द्वंद्वहरूको विलय हुन जान्छ। यो अद्वैतानुभूतिको स्थिति छ। यसै जीवनमा यसलाई अनुभव गरे जान सक्छ। वेदांतमा मुमुक्षुलाई श्रवण, अनन एवं निधिध्यासन, यो तीन प्रकारको मानसिक क्रियाहरू करनी पर्दछन्। यस प्रक्रियामा नानात्व, का, जुन अविद्याकृत छ, विनाश हुन्छ, र आत्मा, जुन ब्रह्मस्वरूप छ, उनको साक्षात्कार हुन्छ। मुमुक्षु “तत्वमसि“बाट “अहंब्रह्यास्मि“को पटि बढ्दछ। यहाँ आत्मसाक्षात्कारलाई छ मोक्ष मानिएको छ। वेदांतमा यो स्थिति जीवनमुक्तिको स्थिति छ। मृत्यूपरांत त्यो ब्रह्ममा विलीन हुन जान्छ। ईश्वरवादमा ईश्वरको सान्निध्य नैं मोक्ष छ। अन्य दोस्रो वादहरूमा संसारबाट मुक्ति नै मोक्ष छ। लोकायतमा मोक्षलाई अस्वीकार गरिएको छ।चिन्तन निकै बृहत् क्षेत्र ओगटेको विषयवस्तु र निकै पुरानो विधा हो । चिन्तनमा टेकेर नै शैक्षिक उन्नति, प्रगति र विकास सम्भव भएको हो ।

    पूर्वीय चिन्तनले मुलुकको सार्वजनिक प्रशासनमा पार्ने प्रभाव:
    माथि पूर्वीय दशृनको वारेमा विवेचना गरियो ।पूर्वीय चिन्तनबाट सार्वजनिक प्रशासनमा सकारात्मक ,नकारातमक दुवै प्रभाव पर्ने गरेको देखिन्छ ।भगवत गीतामा “पृथ्वीमा ज्ञान भन्दा शुद्ध चिज केही छैन“ वेदमा “शिक्षा त्यो चिज हो जसले ब्यक्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ“ भनिएको छ भने शंकरचार्यले “आत्मानुभूती नै शिक्षा भनेका छ्न् ।“ आज भन्दा पाँच हजार बर्ष पहिला नै उपनिषद् मा “शिक्षा स्वतन्त्रताको लागि हो“ भनेर उल्लेख गरिएको पाइन्छ । “निष्काम कर्म गर “को मूल संदेश दिएको गीताको महिमा विश्वभरी आज पनि सान्दर्भिक छ ।बुद्धका चार आर्य सत्यहरु– पहिलो–संसारमा दुःख छ, दोस्रो–दुःखको कारण छ । तेस्रो– दुःखको निवारण छ । चौँथो– निवारणका लागि अष्टंगिक मार्ग छ। बुद्धका अष्टांग मार्ग सम्यक् दृष्टि, सम्यक् संकल्प,सम्यक् वाक,सम्यक् कर्मान्त,सम्यक् आजीवन ,सम्यक् ब्यायाम सम्यक् स्मृति र सम्यक् समाधि हुन् । प्रज्ञा, शिल र समाधिलाई बुद्ध धर्मका त्रिरत्न तथा श्रेष्ठ मार्ग मानिन्छ । यी सत्य हुन् यीनिहरुले समग्र जीवनको यथार्थ बोकेको छ र गन्तब्य देखाएको छ । बुद्धको प्रमुख सिद्धान्त हो– कोहि अर्कोलाई स्वतः प्रमाण नमान, आफै बुझ्ने कोशिस गर । त्रिपिटकले कारण खोजी गर्न प्रेरित गर्छ । सहि विवेकको प्रयोग गरि स्वशिक्षा ग्रहण गर भन्छ । त्यति मात्र कहाँ हो र ? शान्ति र प्रेमको मार्ग देखाउने र अनुभुत गराउने यो चिन्तन बैज्ञानिक चिन्तन हो । यसैलाई आधार नमान्दा, पालना नगर्दा दिनदिनै विश्वभरी अशान्ति र घृणा बढ्दैछ । मानवीय मनोवृत्ति, उत्प्रेरणा र व्यवहारप्रतिको बुझाइमा परिवर्तन गर्दछ । संसारप्रतिको हाम्रो धारणालाई प्रभाव पार्दछ । सही र गलतको व्याख्याको प्रतिनिधित्व गर्दछ । मानव र संगठन बुझ्न एउटा बाटो एवं तरिका प्रदान गर्दछ । मानव जीवन, स्वतन्त्रता, सम्मानको दायित्ववोध गराउँदछ ।यसमा आत्म–सहायता कौशल (विनम्रता, आत्मनिर्भरता, स्वच्छता आदि), सामाजिक कौशल (असल व्यवहार, राम्रो आचरण, वातावरण सचेतना आदि) नैतिक सीप (साहस, दक्षता, पहल, समयनिष्ठता आदि) जस्ता मूल्यहरू समावेश हुन्छन । शान्ती,समानता, ध्यान, नम्रता, एकाग्रता, आशावाद, धैर्यता, आत्म–विश्वास, आत्मनियन्त्रण, आत्मसम्मान आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । सत्य ,शुद्धता, निष्पक्षता, इमान्दारीता, न्याय, ज्ञानको खोज, दृढ संकल्प आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । शान्तिपूर्ण सहअस्तित्व , मनोवैज्ञानिक व्यवहार (परोपकार, करुणा, विचार, नैतिकता, क्षमा आदि) र सामाजिक व्यवहार (भाइचारा, समानता, लगनशीलता, अरूको सम्मान, वातावरणीय जागरूकता आदि) जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् ।

    पुर्वीय चिन्तनलेसहिष्णुता र सद्भाव ,अरुको सम्मान गर्ने, रिस, डाह, इर्ष्या, घमण्ड नगर्ने, भेदभाव नगर्ने, दुःख परेको समयमा सहयोग गर्ने , भाईचारा ,अरुप्रति गरिने आत्मिय व्यवहार, अरुको इज्जत गर्ने, भेदभाव नगर्ने, तेरोमेरो नभन्ने, मानवताको नाता सबैको एउटै भन्ने जस्ता कुराहरुमा जोढ दिने भएकाले मानिसको दिनचर्या, आश्रम प्रबन्ध र कानुनको पालनाजस्ता विषयमा जोड दिन्छ । यसका साथै कुनै पनि मुलुकको शासन व्यवस्था कस्तो हुनुपर्दछ, नागरिक र राज्यबीचको सम्बन्ध, राज्यले नागरिकका लागि पुरा गर्नुपर्ने दायित्व र नागरिकले मुलुकको हित तथा राष्ट्रिय उन्नति र समृद्धिका लागि पूरा गर्नुपर्ने कर्तव्य समेतलाई व्याख्या गरेको छ । व्यक्तिले आफूभन्दा तल परेका (उमेर, पद, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियत) हरुसँग विनम्र भाव राखी प्रस्तुत हुन, आफूलाई अरुको नजरबाट पनि हेर्ने बानीको विकास गर्न, व्यक्तिगतभन्दा पनि सामूहिक सम्मान र भावनाको विकास गर्न, सबैसँग भाइचाराको व्यवहार गर्न, कुकर्मलाई त्याग्न र असल कर्मद्वारा मानवीय जीवनलाई ऊर्जामय बनाउन पूर्वीय चिन्तनको रसस्वादन गर्नु आवश्यक हुन्छ । यस्तो रसस्वादन लागि व्यक्ति आफैँले शास्त्रीय ज्ञानप्रतिको आकर्षण बढाउनुपर्दछ । व्यक्तिगत स्वार्थमा तँछाडमछाड गर्दै एकअर्काको खुट्टा तान्दै हिँड्ने बानी त्याग्नुपर्दछ । अहंकारी र व्यक्तिगत स्वार्थ मात्र हेर्ने, अरुलाई अपमान गर्ने, सार्वजनिक पद र मर्यादाको दुरुपयोग गर्ने व्यक्तिले क्षणिक लाभ त लिन सक्ला तर अन्ततोगत्वा दीर्घकालमा यस्ताको परिणाम भयावह हुन जान्छ ।

    असल वा खराब कर्मले व्यक्ति तथा सामाजिक जीवनमा पारेको प्रभावलाई विश्वका धेरै सफल वा असफल व्यक्तिको जीवन–कथासँग समेत जोडेर हेर्न सकिन्छ । राज्यले नागरिकका लागि दिने सार्वजनिक सेवामा सरकारदेखि राष्ट्रसेवकसम्मले नीति बनाउँदा होस् वा सेवा प्रवाह गर्दा कसरी सदाचारितालाई मूल मन्त्र बनाउने भन्ने कुरा विभिन्न दृष्टान्तसहित उल्लेख गरेको छ । वेदको निष्कर्ष, गीताको मुल संदेश, बुद्धका चार आर्य सत्य र अष्टाङमार्ग वाट इमानदार, शुद्द आचरण र चरित्रवान प्रशासकहरु तयारगरी उनिहरुको असल कर्मले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा प्रभाव पार्दे मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ । नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नुपर्छ । लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ ।

    मुलुकको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता हुनुको कारणहरु समतामूलक समाजको निर्माण गर्न असल नागरिकको पहिचान दिलाउन समयसापेक्ष समाजलाई परिवर्तन एवं रुपान्तरण गर्न सामाजिक न्यायको प्रवर्द्धन गर्न नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन नागरिकलाई आफु र समाजप्रतिको कर्तव्यबोध गराउन नेपालीहरुबीच आपसी सद्भाव, सहयोग र एकताको भावना विकास गर्न राष्ट्रिय एकता प्रवर्द्धन गर्न कला, संस्कृतिको सम्मान, संरक्षण र सम्वर्धन गर्न शान्ति, बन्धुत्व, भाईचारा, नैतिकता, सदाचारिता, सुसंस्कार कायम गर्न सुशासन कायम गर्न मानव जीवनलाई माया, प्रेम, दया, शान्ति र अहिंसाप्रति प्रतिवद्ध बनाउन बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक समुदायबीच आपसी समभाव र सहिष्णुता कायम गर्न राज्यका शासकिय प्रशासकिय एवं व्यवस्थापकिय अंगहरुमा प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिता सुनिश्चित गर्न सबै प्रकारका भेदभावको अन्त्य गरी सम्मानपूर्वक जीवन यापन गर्न मेलमिलाप कायम गर्न ।नेपालको संविधानले लोकतान्त्रिक शासन र मूल्य मान्यतालाई केन्द्र बिन्दुमा राखेको छ । लोकतन्त्र र मानव जीवनलाई नङमासुको सम्बन्धका रुपमा प्रत्याभुत गर्दै मौलिक हककै रुपमा मानवीय मूल्यहरुलाई स्विकार गरेको छ । मानवीय मूल्यले सामाजिक, आर्थिक, सांस्कृति र राजनीतिक मूल्यको प्रवर्धनमा सहयोग पु–याउँछ ।

    निष्कर्ष:

    पूर्वीय चिन्तनको मूल सार भनेकै उत्कृष्ट नागरिक बन्नु, समुन्नत राज्य निर्माण गर्नु हो । जसका लागि हरेक नागरिक आफ्नो जिम्मेवारीप्रति निष्ठावान् हुनुपर्दछ । सकारात्मक सोचको विकास गर्नुपर्दछ । सदाचारितामा सदा समर्पित हुनुपर्दछ । अरुलाई सम्मान गर्नुपर्दछ । असल कर्म नै समुन्नतिको आधार हो भन्ने सोचको विकास गर्न सक्नुपर्दछ । यसका साथै सार्वजनिक पदमा रहेका पदाधिकारीहरुले अनावश्यक लोभ, लालच त्यागेर राज्यको नीति नै आफ्नो नीति मानेर कर्म गर्ने र सदाचारितालाई मूल मन्त्र बनाउन सकेमा पूर्वीय चिन्तनको ज्ञानलाई व्यवहारमा उतार्न सकिन्छ । पूर्वीय चिन्तनलाई सही रुपमा बुझेर रसपान गर्न सकेमा यसले हरेक नागरिकलाई व्यक्ति, परिवार, समाज र राष्ट्र सबैको हितमा कर्मशील बनाउनुको साथै हरेक तह र तप्कासँगको सम्बन्ध विकास, विस्तार र कर्तव्य पालना गर्न सक्ने समेत बनाउँछ ।
    पूर्वीय र पाश्चात्य चिन्तन परम्पराका सकारात्मक एवम् व्यवहारिक आयामहरूको समन्वयात्मक दृष्टिकोणलाई अनुसरण गर्दा मानव कल्याण समाज, विकास र विश्व शान्ति प्राप्त गर्न सकिन्छ । धर्म, संस्कार, संस्कृति, कला र साहित्य संग जोडिएको पूर्वीय चिन्तन परम्परामा मानवको चरित्र र सामूहिकतालाई महत्त्व दिएको हुन्छ भने पाश्चात्य चिन्तन परम्परामा वैज्ञानिक खोज, आधुनिक प्रविधि, आलोचनात्मक चेतसहितको ज्ञान र तर्कशास्त्रलाई विशेष प्राथमिकता दिएको हुन्छ । यी दुवै बेग्लाबेग्लै चिन्तन परम्पराको सकारात्मक र व्यवहारिक पक्षको समन्वयात्मक प्रयासबाट अघि बढ्नसकेमा विश्वव्यापी शासन प्रणालीबाट नेपालले पर्याप्त लाभ लिनसक्ने देखिन्छ ।सत्य र अहिंसाको भावना मर्दै गएको शान्ति र सद्भावको अवस्था कमजोर रहेको अपराधका नयाँ नयाँ शृंखला बढ्दै गएको जाति, धर्म एवं क्षेत्रिय सम्प्रदाय जस्ता विषयमा राजनीतिकरण हुने गरेको हिंसा, हत्या, बलात्कार, यौनदुर्व्यवहार जस्ता घटना बढ्दै गएको भ्रष्टाचार मौलाएको नैतिकता, एवं लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास आएको मानवीयता दिनप्रतिदिन दयनीय बन्दै गएको विकृति, विसंगति एवं सामाजिक विचलन बढ्दै गएको अवस्थामा पूर्वीय चिन्तन र सभ्यताबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । पूर्वीय चिन्तन र सभ्यताबाट पाठ सिकेर दयनिय अवस्थामा रहेको नैतिकता र सादाचारयुक्त कार्यसंस्कृति अभाव रहेको राष्ट्रिय एकता, भ्रातृत्व, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको सम्मानमा एकरुपता कायम हुने अवस्था कमजोर रहेको अवस्थामा मानविय मूल्यहरु आत्मसाथ गर्दै आफु र समाजप्रति इमान्दार बनाउन सक्ने देखिन्छ ।((उप्रेती नेपाल सरकारका उपसचिव हुन।)