लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-06-29
  • 03:37:41
  • आइतबार,आषाढ १४, २०८३
  • लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ–  लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

    आज बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ।

    त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्थाका लागि तयार विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्। छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर पनि मन्त्री कार्कीले दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

    यस्तै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले दिने कार्यसूची रहेको छ ।