चैतन्यको सहसचिव परीक्षा तयारी लक्षित सेमिनार [तस्बिरहरू] - Chaitanya News
  • 2026-04-23
  • 08:40:08
  • बिहिबार,बैशाख १०, २०८३
  • चैतन्यको सहसचिव परीक्षा तयारी लक्षित सेमिनार [तस्बिरहरू]

    चैतन्यको सहसचिव परीक्षा तयारी लक्षित सेमिनार [तस्बिरहरू]

    काठमाडौं- विगत एक दशक लामो समयदेखि शंखमूलस्थित चैतन्य एकेडेमीले सहसचिव तयारी परीक्षा लक्षित सेमिनारको आयोजना गर्दै आएको छ।

    उपसचिवबाट सहसचिवको तयारी गरिरहेकाहरूका लागि सहज होस् भन्ने उदेश्यका साथ चैतन्यले भौतिक उपस्थितिमा विज्ञ प्रशिक्षकको संलग्नतामा सेमिना गर्दै आएको हो। यही मंसिर १५ देखि चैतन्यले आयोजना गरेको सेमिनार जारी रहेको छ। सेमिनार १९ गतेसम्म चल्ने एकेडेमीका निर्देशक गणेशप्रसाद जोशीले बताए।

    बिहान ६ देखि बेलुकी ६:३० बजेसम्म प्रत्यक दिन सेमिनारका विभिन्न सेसन सञ्चालन भइरहेका उनले जानकारी दिए।

    ‘हामीले दैनिक पाँच वटा सेसन सञ्चालन गरिरहेका छौं। सेसनमा सम्भावित प्रश्नहरूमा अन्तरक्रिया र उत्तर लेखन छलफल हुनेगरेको छ। हरेक दिन एक सेट परीक्षा र दोश्रो दिन उत्तर पुस्तिका जाँच गरी नतिजा प्रकाशन गरिरहेका छौं,’ उनले भने।

    सम्बन्धित विषय विज्ञद्वारा नै सबै सेसनको सहजिकरण गरिरहेकाले कार्यक्रममा सहभागीहरूले खुसी व्यक्त गरेको जोशीले बताए। लगभग ८० वटा सम्भावित नमूना प्रश्नहरूमा छलफल गरिने लक्ष्य रहेको जोशीको भनाइ छ ।

    सेसनमा नेपालको सार्वजनिक प्रशासनका नेतृत्वदायी तहका विज्ञ प्रशिक्षकले प्रशिक्षण दिइरहेको जोशीले बताए।