आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि - Chaitanya News
  • 2026-06-29
  • 03:38:20
  • आइतबार,आषाढ १४, २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि

    काठमाडौँ– आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।  जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ।

    बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको कामकारबाहीको हालको अवस्थाबारे छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।

    यस्तै, बिहान साढे १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ। बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ।