अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर राख्न प्रस्ताव - Chaitanya News
  • 2026-06-08
  • 16:19:25
  • सोमबार,जेठ २५, २०८३
  • अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर राख्न प्रस्ताव

    अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर राख्न प्रस्ताव

    काठमाडौं– जनसंख्याविद् दामोदर ज्ञवालीले अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर गरेको हुनुपर्ने प्रस्ताव गरेका छन्।

    आज (बिहीबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर गरेको हुनुपर्ने प्रस्ताव गरेका हुन् । यस्तै प्रावधान संघीय निजामती सेवा एनमा राख्न उनको आग्रह छ।

    संघीय निजामती सेवा विधेयक हाल राज्य व्यवस्था समितिमा दफावार छलफलमा छ।

    बिहीबारको बैठकमा समितिले विधेयकबारे जनसंख्याविद्‍हरूलाई छलफलमा बोलाएको छ। जहाँ जनसंख्याविद्को रूपमा उपस्थित पूर्वनिजामती कर्मचारी ज्ञवालीले अधिकृत हुन चाहिने शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरेका हुन्।

    ‘स्नातकोत्तर गरेकालाई मात्रै अधिकृत हुन सक्ने राखौं । ताकि सेवा प्रवेशपछि बढुवाका लागि पढिरहने अवस्था रहन दिन हुँदैन,’ उनले भने।

    निजामती कर्मचारीमा सेवा प्रवेश खुला राख्न पनि उनको सुझाव छ। ‘सेवा प्रवेशमा किन उमेरको सीमा तोक्ने रु यो खुला राखौं। बरु योग्यता र क्षमता तोकौं। उमेरको सीमा नराखौं,’ उनले भने।

    युवा अफिसर भनेर त्यसमा उमेर राख्ने हो भने त्यो भने पाच्य नहुने उनले बताए। तर सबैलाई उमेरको सीमा राख्न नहुने उनको सुझाव छ।

    उनी भन्छन्, ‘म आफैं यूएनको एउटा कार्यक्रममा काम गर्न फारम भरिरहेको छु। ५५ वर्ष भएँ। यूएनले काम गर्न सक्ने अवस्था, योग्यता र क्षमता राखेर सेवा लिन्छ। यस्तो हामीले पनि किन नगर्ने ?