राष्ट्रपतिले जारी गरेका चार वटा अध्यादेश राजपत्रमा प्रकाशित - Chaitanya News
  • 2026-06-29
  • 03:39:09
  • आइतबार,आषाढ १४, २०८३
  • राष्ट्रपतिले जारी गरेका चार वटा अध्यादेश राजपत्रमा प्रकाशित

    राष्ट्रपतिले जारी गरेका चार वटा अध्यादेश राजपत्रमा प्रकाशित

    काठमाडौँ– सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश राजपत्रमा प्रकाशित भएका छन्। पौडेलले आज (बिहीबार) चार अध्यादेश राजपत्रमा प्रकाशित गरेका हुन् ।

    राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सोमबार जारी गरेका थिए।