लोकसेवा तयारी गरेर निजामति सेवामा प्रवेश गर्ने सबैको चाहाना हुन्छ । पछिल्लो समय युवाहरुमा लोकसेवा आयोग प्रतिको भरोसा, विश्वासा बढीरहेको छ । लोकसेवामा निष्पक्ष प्रतिस्पर्धा हुने भएकाले होला दूर दराजमा रहेका युवाहरुको समेत एकमात्रै रोजाई लोकसेवा बनेको छ । सरकारी जागिर खाने चाहानालाई साकार पार्न हजारौं परिक्षार्थीहरु परिक्षामा सामिल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही परिक्षार्थीहरुले यो कठिन झमेलामा फस्न चाहादैनन् तर, कुनै असफल परिक्षार्थीहरु एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र पढीरहन्छन्, परिक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासील गरिछाड्छन् । त्यसो भए लोकसेवा परिक्षामा सफल हुनको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले भरखरै शाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृत मान ब ओलीसँग गरेको संवादको सम्पादित अंश:
1. तपाईं शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामति सेवामा नाम निकाल्न सपल हुनुभएको छ कस्तो महसुस भइरहेको छ ?
शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामगि सेवमा नाम निकाल्न पाउदा धेरै नै खुसी लागिरहेको छ । साथै मैले गर्ने कामकारवाही र सेवापूवाहमा सरकारको प्रतिविम्व र प्रतिनिधित्व हुने भएकाले म कानुन, नीति र आचारसंहितामा रही जवादेही र जिम्मेवार रहनुपर्ने महसुस भइरहेको छ ।
2. यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नुहुन्थ्यो ?
मेरो निरन्तर अध्ययन गर्ने बानि हो । यद्यपि केही वर्ष व्यक्तिगत रुपमा विरामी थिए, जसले मलाई तयारी गर्न अप्ठेरो भएको थियो । मलाई चिन्ने व्यक्तिहरुले मलाई पढ्छ भन्ने ठान्थे तर, मेरो व्यथा अर्को थियो । जव मलिई सन्चो भयो, म निजामति सेवामा भएकाले मेरो सरुवा करिव १ वर्ष पहिले बन कन्त्रालय काठमाडौंमा भयो । त्यसपछि पढाईलाई थप मजबुत बनाएर साथिहरुसँगको छलफललाई प्राथमिकता दिए ।कहिलेकही शनिबार मोडल परिक्षाहरुमा पनि सहभागी हुने गरे, मेरा कमिकम्जोरीहरुलाई पहिचान गरी सुधार पनि गरे ।
3. अध्ययनका लागि कति र कुन समय छुट्याउनु हुन्थ्यो ?
म बन कन्त्रालय काठमाडौंमा कार्यरत थिए । दिउसो अफिस हुने भएकाले मैले पढाईको लागि बिहान र बेलुकाको समयलाई छुट्याएको थिए । बिहान चाडै उठेर व्यायम गरेर ५–६ घण्टा सधै पढाईलाई दिन्थे । र बेलुका पनि २–३ घण्टा पढेर मात्रै सुत्ने गरेको थिए ।
4.लोकसेवा तयारीका क्लास र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ ?
लोकसेवा तयारीका क्लास र पुस्तक मार्गदर्शन पक्कै गर्छन । विषयवस्तुको ज्ञान र पढाईको तरिका थाहा पाउन तयारी कक्षाको महत्वपूर्ण भूमिका हुन्छ।आफ्नो पढाईको स्तर र ज्ञान व्यवस्थापनका लागि तयारी कक्षाका परिक्षाहरू, विज्ञ सरहरूका अनुभवहरू, साथीहरूका कुराहरूले महत्वपूर्ण भूमिका खेल्छन्। परिक्षा लक्षित कतिपय पुस्तकहरू राम्रा पनि छन् कतिपय पुस्तकहरू भने स्तरीय नहुन पनि सक्छन्। पाठ्यक्रमलाई आधार मानि लेखिएमा कतिपय पुस्तकहरूको गुणस्तर भने आफैँले परीक्षण गर्नुपर्छ। गुणस्तरीय पुस्तकहरू तयारीका लागि म हत्वपुर्ण हुन्छन्।
5. अध्ययन गर्दा कस्ता खाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ र यहाले कस्ता सामाग्रीलाई प्राथमिकता दिनुहुन्थ्यो ?
बजारमा लोकसेवा तयारीका लागि भनेर विभिन्न लेखकका अनेक पुस्तक उपलब्ध छन् । पुस्तक छनोटमा पनि उत्तिकै द्विविधा हुनसक्छ । त्यसका लागि सर्वप्रथम लेखकको योग्यता, पृष्ठभूमि र अनुभवलाई ध्यान दिनुपर्ने हुन्छ । जुन विषयको पुस्तक हो, सोही विषयसँग सम्बन्धित योग्यता र अनुभव भएका लेखकले लेखेका पुस्तक भए बढी विश्वासनीय हुन्छन् । सरकारी निकायका प्रतिवेदन, सम्पादन गरेका विवरणहरुको अध्ययन गर्ने, सुचना तथा परिपत्रहरुको अध्ययन गर्ने, ऐन कानुन र तिनका संसोधनको अध्ययन गर्ने, अन्तराष्ट्रय महत्व विषय, सन्धी, सौझौता र सम्मेलनका विषय वस्तुहरुको अध्ययन गर्ने आदी कुराको अध्ययन गनुपर्छ र यिनै सामाग्रीहरु छनोट गर्नुपर्छ ।
6.अहिले लोकसेवा प्रति युवाको आकर्षण कस्तो देख्नु हुन्छ ?
लोकसेवामा पहुँचविहिन (भनसुन) नलाग्ने युवाहरुका लागि उत्कृष्ट आकर्षण हो । लोकसेवामा विश्वविद्यालय टपरको रोजाई (आकर्षण) कम देखिन्छ भने, मध्यमवर्गीय र ग्रामिण परिवेशका युवाहरुको आकर्षण बढी छ ।
7. अहिले लाखै युवाहरु विदेशीएका छन्, यहाँको मनमा विदेश जाने सोच आयो की आएन ?
मास्टर्स पास गर्दा सम्म म लोकससेवामा लाग्छु भन्ने सोचेको थिएन् । परिवारमा आमा–बुवा र श्रीमतीले विदेश नगएर नेपालमा नै बसेर लोकसेवा तयारी गर्नु भन्नुहुन्थ्यो । तर, मेरो मनमा विदेश जाने सोच थियो । पछि म मेरो परिवारको सल्लाहअनुसार लोकसेवामा लागे, र मैले नायव सुब्बा पास गरे, त्यसपछि मैले लोकसेवालाई नै निरन्तरता दिए र आज त्यसको फलस्वरुप शाखा अधिकृतमा सिफारीस हुन सफल भए ।
8. अन्यमा लोकसेवा तयारी गरिरहनु भएका परिक्षार्थिलाई कस्तो शन्देस दिन चाहानु हुन्छ ?
लोकसेवा निष्पक्षता, वैधता, वैधानिकता भएकाले नेपालमा राम्रो विकल्प हो । त्यसैले लोकसेवा तयारी गर्नुहोस् धैर्यता निरन्तरता दिनुहोस् पक्कै पनि एक पटक सफल भइन्छ । लोकसेवामा सिट सं्ख्या कम, प्रतिस्पर्धाी बढी हुने भएकाले सफलता हात पार्न केही समय लाग्न सक्छ। तर धैर्यता गर्न सक्यो र निरन्तर प्रयास गरिरयो भने सफलता अवश्य मिल्नेछ ।