आज चार संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-06-29
  • 03:38:20
  • आइतबार,आषाढ १४, २०८३
  • आज चार संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज चार संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– संघीय संसद् अन्तर्गत आज पनि चारवटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ। त्यसपछि बिहान ११ः३० बजेदेखि विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा विश्व जलवायु सम्मेलन ९कोप २९० को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्नेछ।

    यस्तै, बिहान ११ः३० बजे नै सुरु हुने बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने तयारी रहेको छ।

    अन्तमा, दिउसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।