संसद अधिवेशन बोलाउन दबाब दिने विपक्षी दलहरूको निर्णय - Chaitanya News
  • 2026-06-29
  • 05:33:08
  • आइतबार,आषाढ १४, २०८३
  • संसद अधिवेशन बोलाउन दबाब दिने विपक्षी दलहरूको निर्णय

    संसद अधिवेशन बोलाउन दबाब दिने विपक्षी दलहरूको निर्णय

    काठमाडौँ– प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन्। आज (बुधबार) बिहान सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकले सो निर्णय गरेको हो।

    बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत भएको जानकारी दिए। आज बिहान बसेको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ।