काठमाडौँ– नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा भइरहेको बताएका छन्।
संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि शुक्रवार संसद्को राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा भइरहेको बताएका हुन्।
कर्मचारी ट्रेड युनियन सुशासनमा समस्या रहे जस्तो गरी दोषारोपण हुने गरेको उल्लेख गर्दै उनले भने, ‘सरुवाको समस्या ट्रेड युनियनमा होइन अन्त कतै छ। आस्थाका आधारमा सरुवा भइरहेको छ।
नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले भट्टलाई प्रश्न गरे, ‘यो आस्था भनेको के रहेछ ? अध्यक्ष भट्टले जवाफ फर्काए, ‘आस्था भनेको कतै भोट हालेको आधारमा हो। आवश्यकता पर्दा त्यस्तो प्रमाण दिन सकिन्छ।