ज्ञानेन्द्र शाहले भने: भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ - Chaitanya News
  • 2026-06-29
  • 05:32:17
  • आइतबार,आषाढ १४, २०८३
  • ज्ञानेन्द्र शाहले भने: भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ

    ज्ञानेन्द्र शाहले भने: भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ

    काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै पृथ्वीविचारको सान्दर्भिकता बढेको उल्लेख गरे।

    उनले भने, ‘अहिले देशका दाजुभाइ दिदीबहिनीहरू बराइबाट सिर्जित वादविवादको चक्र ब्युमा फसिरहेका हुन्, हामी सबैले आत्म समीक्षा गर्नुपर्ने बेलामा आएको छ। विश्वराजनीतिमा शान्ति सन्तुलनको अवस्था फेरबदल हुनु स्वाभाविक हो। तर, जस्तोसुकै उतारचढावको बेलामा पनि देशलाई एकताबद्ध राख्नुपर्छ।

    देशलाई प्रविधिको पथमा अगाडि बढाएर सबै देशवासीलाई सुखी र सन्तुष्ट पार्नु राष्ट्रिय धर्म भएको उनको भनाइ छ। उनले भने, ‘वीरता, स्वाधीनता र गौरवमय मौलिक मान्यता बहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ। सोचनीय विषय छ। प्रजातन्त्र भनेको आम मानिसको जीवन पद्धति हो। स्वतन्त्रता केवल निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्साउँदैन । आम नागरिकको सुरक्षा, न्याय, गाँस, बास, कपास शिक्षा र रोजगारीको सुनिश्चिततासहितको स्वतन्त्रलाई मात्रै हामी पूर्ण स्वतन्त्रता मान्न सक्दछौँ ।’