काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ७२० जना शिक्षकलाई तालिम दिँदै - Chaitanya News
  • 2026-07-17
  • 01:54:52
  • बिहिबार,आषाढ ३२, २०८३
  • काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ७२० जना शिक्षकलाई तालिम दिँदै

    काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ७२० जना शिक्षकलाई तालिम दिँदै

    काठमाडौं– काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ७२० जना शिक्षकलाईै तालिम दिने भएको छ । विभागले विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको हो।

    ‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत शिक्षकहरूको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सिपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ।

    ३ माघबाट सुरु हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइनेछ। तालिममा सहभागी हुन महानगरपालिकाले आवेदन माग गरेको छ।

    आवेदकमध्येबाट सामुदायिक विद्यालयका शिक्षकलाई छनोट प्राथमिकतामा राखिने महानगरको शिक्षा विभागले जनाएको छ।

    विभागका अनुसार शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउन तालिम दिन लागेको हो।