पाँच संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि - Chaitanya News
  • 2026-06-29
  • 05:31:37
  • आइतबार,आषाढ १४, २०८३
  • पाँच संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि

    पाँच संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि

    काठमाडौँ– आज पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ। जसअन्तरगत राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिको ३२ औँ बैठक बिहान ११ ३० बजे बस्दैछ। बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ।

    यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५३औं बैठक बस्दैछ। बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुँदैछ बैठक बिहानको ११स्३० बजे बस्दैछ।

    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११स्०० बजे बस्दैछ। बैठकमा नेपालको संविधानको धारा २६५ मा गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ। संवैधानिक व्यवस्था रहेकाले सोसम्बन्धी आयोगको धारणा सम्बन्धमा छलफल हुँदैछ।

    यस्तैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ। बिहान ११स्०० बजे बस्ने बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङ्कन सम्बन्धमा छलफल हुने भएको छ।

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुने बताइएको छ।