काठमाडौँ– नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन आह्वान भएको छ।
आज (शुक्रबार) प्राधिकरणको गठित सिफारिस समितिले एक सूचना जारी गर्दै अध्यक्ष पदमा नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन आह्वान गरेको हो।
अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव भएको, फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएको लगायतका योग्यता भएको हुनुपर्नेछ।
योग्य तथा इच्छुक नागरिकले आवश्यक कागजातसहित अर्थ मन्त्रालयको वेवसाइट मार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
![]()