सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्यायो - Chaitanya News
  • 2026-05-03
  • 23:35:36
  • आइतबार,बैशाख २०, २०८३
  • सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्यायो

    सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्यायो

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्याएको छ। गत मङ्सिर ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेलगत्तै मन्त्रालयले सो निर्देशिका ल्याएको हो।

    सो निर्देशिकाको किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्धन गर्ने तथा महिनावारी स्वास्थ्य व्यवस्थापन गर्ने, स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने र आधारभूत स्वास्थ्य तथा पोषण सेवाको पहुँच पुर्‍याउने उद्देश्य रहेको छ।

    एक हजार बढी विद्यार्थी सङ्ख्या रहेको विद्यालयले एक जना नर्स राख्नुपर्ने र सोभन्दा बढी विद्यार्थी सङ्ख्या भएमा थप एक जना नर्स राख्नुपर्ने निर्देशिकामा उल्लेख छ।