१० को परीक्षा (एसइई)लाई प्रदेशमा हस्तान्तरण गर्ने तयारी - Chaitanya News
  • 2026-07-17
  • 01:54:52
  • बिहिबार,आषाढ ३२, २०८३
  • १० को परीक्षा (एसइई)लाई प्रदेशमा हस्तान्तरण गर्ने तयारी

    १० को परीक्षा (एसइई)लाई प्रदेशमा हस्तान्तरण गर्ने तयारी

    काठमाडौँ– माध्यमिक शिक्षा १० को परीक्षा (एसइई)प्रदेशलाई हस्तान्तरण गरिने भएको छ।

    आज (बिहीबार) शिक्षा पत्रकार सञ्जाल (इजोनं)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताइन्। ‘१० को प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा छौँ’, उनले भनिन्।

    राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ। हाल १० र १२ को परीक्षा छुट्टाछुट्टै हुँदै आएको छ। ‘राष्ट्रिय परीक्षा बोर्ड एउटै हुनुपर्छ। १२ सम्मको परीक्षा एउटैले लिनु पर्छ’, उनले भनिन्।

    नतिजा सुधारको लागि पनि सुधारको लागि कार्यदल बनाएर काम गरिरहेको मन्त्री भट्टराईले बताइन्।

    मन्त्री भट्टराईका अनुसार अनिवार्य तथा नि शुल्क शिक्षा ऐन कार्यान्वयनमा अगाडि बढेको छ। ‘कक्षा ९ र ११ मा रजिस्ट्रेशन शुल्क नलिने निर्णय भएको छ। अब ९ मा मात्र रजिस्ट्रेशन फारम भरे हुन्छ। आगामी वर्षदेखि रजिस्ट्रेशन शुल्क लाग्दैन। विद्यार्थीबाट राजश्व उठाउने होइन’, उनले भनिन्, ‘विद्यार्थीबाट विलम्ब शुल्क पनि नलिने निर्णय गरेको छ।