जनमतले तोक्यो मोर्चा बन्दीको लागि कार्यदलको जिम्मेवारी - Chaitanya News
  • 2026-06-29
  • 05:32:18
  • आइतबार,आषाढ १४, २०८३
  • जनमतले तोक्यो मोर्चा बन्दीको लागि कार्यदलको जिम्मेवारी

    जनमतले तोक्यो मोर्चा बन्दीको लागि कार्यदलको जिम्मेवारी

    काठमाडौँ– जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदलको जिम्मेवारी तोकेको छ।

    केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवलाई संवादको जिम्मेवारी दिइएको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए।

    केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच संवाद र सहकार्यको पहल गर्नको लागि दुई (२) सदस्य समिति गठन गरेको ब्यहोरा जानकारी गर्दछौँ‚’ विज्ञप्तिमा लेखिएको छ।