यस्तो छ केन्द्रीय कमिटीमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) - Chaitanya News
  • 2026-06-29
  • 05:31:38
  • आइतबार,आषाढ १४, २०८३
  • यस्तो छ केन्द्रीय कमिटीमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

    यस्तो छ केन्द्रीय कमिटीमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

    काठमाडौं– सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ।

    पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन्।

    प्रतिवेदनमा पछिल्लो समसामयिक राजनीति, सरकार गठन भएपछिको ६ महिने समीक्षा, सरकार सञ्चालन, अर्थतन्त्र लगायतका विषयमा उल्लेख गरिएको छ।

    ओलीले नेपाली कांग्रेससँग थालिएको नयाँ राजनीतिक कोर्सको समीक्षा गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनेको भोलिपल्टदेखि नै पुरानै चरित्र देखाउन थालेपछि सरकारबाट बाहिरिएको ओलीले प्रतिवेदनमा लेखेका छन्।