महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ : प्रधानमन्त्री ओली - Chaitanya News
  • 2026-06-29
  • 07:27:10
  • सोमबार,आषाढ १५, २०८३
  • महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ : प्रधानमन्त्री ओली

    महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ : प्रधानमन्त्री ओली

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको बताएका छन् ।

    कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरूको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए। हिजो छोरीहरूको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिलाहरू शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ थियो।

    व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परि।वर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरूको उपस्थिति र सक्रियता नै काफी छ। महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ।”, प्रधानमन्त्री ओलीले भने,“ महिलाले समान अधिकार पाउनु संवैधानिक र कानूनी अधिकार हो। ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ। हक अधिकारको उपभोग र अवसरमा समानाता चाहिएको छ। प्राप्त उपलब्धिहरू पर्याप्त नभएका हुन सक्छन्। आज स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि छन्। यो उपस्थिति प्रगति उन्मुख छ। यसलाई बढाएर लानुपर्छ।

    प्रधानमन्त्री ओलीले महिलाहरूमा करुण, माया र स्नेह भाव बढी हुने र उनीहरूको भूमिका हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे।

    कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो।