काठमाडौँ– लोक सेवा आयोगले मुख्य सचिवको अवधि दुई वर्षमा झार्ने प्रस्ताव गरेको छ।
आज (शुक्रबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।
यस्तै संघीय निजामती सेवामा यस सम्बन्धी व्यवस्था राख्ने आयोगको प्रस्ताव छ।
मुख्य सचिवको अवधि दुई वर्ष, सचिवको ३ वर्ष र अतिरिक्त सचिवको अवधि ४ वर्ष कायम गरौँ’ लोक सेवा आयोगका अध्यक्ष रेग्मीको प्रस्ताव छ।
हाल मुख्य सचिवको अवधि दुई वर्ष र सचिवको पाँच वर्ष रहेको छ।