सहसचिव पदमा खुलाबाट १० र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्न उपयुक्त : लोक सेवाको - Chaitanya News
  • 2026-06-08
  • 19:57:29
  • सोमबार,जेठ २५, २०८३
  • सहसचिव पदमा खुलाबाट १० र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्न उपयुक्त : लोक सेवाको

    सहसचिव पदमा खुलाबाट १० र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्न उपयुक्त : लोक सेवाको

    काठमाडौँ– लोक सेवा आयोगले सहसचिव पदमा खुला प्रतिस्पर्धाबाट १० प्रतिशत र आन्तरिक बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव गरेको छ।

    आज (शुक्रबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयकबारे सुझाव राख्दै आयोगका अध्यक्ष माधव रेग्मीले सहसचिव पदमा खुला प्रतिस्पर्धाबाट १० प्रतिशत र आन्तरिक बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव गरेका हुन्।

    माथिल्लो तहमा १० प्रतिशत खुलाबाट र ९० प्रतिशत आन्तरिक बढुवाबाट पदपूर्ति गर्नु उपयुक्त हुन्छ,” अध्यक्ष रेग्मीले भने। उनले यसले काबिल व्यक्तिहरूलाई खुलाबाट सेवा प्रवेशको अवसर दिने र सेवामा रहेका कर्मचारीहरूलाई काममा केन्द्रित गराउन आन्तरिक मूल्यांकनलाई प्रवर्द्धन गर्ने बताए।

    रेग्मीले खुला प्रतिस्पर्धाबाट नाम निकाल्न धेरै कर्मचारीले परीक्षा तयारीमा समय खर्चिनु पर्ने वर्तमान प्रणालीले सेवाको गुणस्तरमा असर पर्ने भएकाले यो प्रस्ताव गरिएको उल्लेख गरे। यसरी आन्तरिक बढुवाको व्यवस्था हुँदा कर्मचारीहरू आफ्नो कामप्रति थप जिम्मेवार हुने र संस्थागत क्षमतामा सुधार आउने उनको धारणा छ।