पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीले गरे आन्दोलन - Chaitanya News
  • 2026-04-23
  • 08:16:29
  • बिहिबार,बैशाख १०, २०८३
  • पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीले गरे आन्दोलन

    पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीले गरे आन्दोलन

    काठमाडौं– आफूहरूलाई सवारी पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीले आन्दोलन गरेका छन्। विकल्प नदिई आफूहरूलाई सडकमा पार्किङ गर्नबाट रोक लगाइएको भन्दै व्यवसायी आन्दोलित भएका हुन्।

    महानगरपालिकाले सडकछेउमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्न थालेपछि व्यवसायीले विरोध गरेका हुन्। पार्किङका लागि अन्यत्र वा सडकको एक लाइनमा भए पनि पार्किङ गर्न दिनुपर्ने उनीहरूको माग छ।