भ्रष्टाचार निवारण ऐन–२०५९ संशोधन विधेयक संसदीय समितिबाट पारित - Chaitanya News
  • 2026-06-29
  • 07:28:05
  • सोमबार,आषाढ १५, २०८३
  • भ्रष्टाचार निवारण ऐन–२०५९ संशोधन विधेयक संसदीय समितिबाट पारित

    भ्रष्टाचार निवारण ऐन–२०५९ संशोधन विधेयक संसदीय समितिबाट पारित

    काठमाडौँ– संसदीय समितिबाट भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।

    आज (बिहीबार) बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयक सर्वसम्मतीबाट पारित गरेको हो।

    राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए। खतिवडाले प्रस्तुत गरेको विधेयक सर्वसम्मतीबाट पारित गरिएको हो।

    त्यसअघि उक्त विधेयकबारे सांसद हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो।