मर्यादित शैक्षिक संस्था चैतन्य पाठशालाले शैक्षिक क्षेत्रमा नवीन प्रयास तथा शौक्षिक जागरणको अभियान शुरू गरेको छ । शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला भन्ने मूल नारा बोकेर अगाडि बढेको पाठशालाले उक्त अभियान सुरु गरेको हो ।
पाठसालाले विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरेको छ । हिजो (बुधबार) डोटिको बोगटान फुडसिल गाउपालिका–१ सिमचौर रहेको सिमचौर मावीका विद्यार्थीहरुलाइ न्यानो वितरण गरेको हो । कपडा वितरण कायैक्रम पनि सोही विद्यालयको प्राङ्गणमा भएको हो ।
![]()
कार्यक्रमको सभाअध्यक्षमा (विब्यब अध्यक्ष प्रदिप घर्तिमगर रहेका थिए, भने प्रमुख अतिथिमा चैतन्य पाठशाला (चैतन्य एकेडेमी) का अध्यक्ष गणेश प्रसाद जोशी रहेका थिए । विशिष्ट अतिथिमा सोही पाठशालाका विब्यब संघ अध्यक्ष (इश्वर गिरि र साइकल यात्री चर्चित पर्यटक पत्रकार चैतन्य एकेडेमी को ब्रान्ड एम्बेस्डर भरत विक्रम शाह र बोगटान फुडशिल गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष खेम घर्तिमगर ज्यु रहेका थिए ।
![]()
२०३२ सालमा स्थापना भएको सिमचौर माविमा हाल अध्यनरत १८६ जना विद्यार्थिहरुलाइ न्यानो कपडा स्विटर वितरण भएको हो। कार्यक्रम मा बोल्दै प्रमुख अतिथि गणेश प्रसाद जोशी ले आफ्नो पुर्ख्यौली घर गाउपालिका को २ नम्बर वडा स्थित चाल्समा रहेको र उक्त विद्यालयमा न्यानो कपडा वितरण गर्न पाउँदा हर्षित भएको बताउदै विद्यालयको सर्वाङ्गिण विकासका लागि जोड दिने प्रतिबद्धता समेत जनाए ।
![]()
कार्यक्रमका अतिथि तथा १ नम्बर वडा अध्यक्ष खेम घर्ती मगर ले सहयोगी दातासंस्था लाई धन्यवाद ज्ञापन गरेका थिए । साथै वर्तमान शिक्षाप्रणाली ले देशमा बेरोजगार मात्रै उत्पादन गरीरहेको र यो प्रणालीको लाई परिवर्तन गरि देशको माटो सुहाउँदो शिक्षानीति बाट मात्र जनशक्ति उत्पादन हुनुपर्ने कुरामा जोड दिए।
![]()
निवर्तमान प्रअ डम्बर बहादुर बमले अतिथि हरुलाइ स्वागत मन्तन्यबाट स्वागत गरेका थिए । कार्यक्रमको संचालन उक्त विद्यालयका शिक्षक ( छत्र बहादुर बोहराले गरेका थिए। कार्यक्रममा विद्यार्थीद्वारा आकर्षक पिटिकवाज खेलेर कार्यक्रमको शोभा बढाएका थियो।
यसैगरी श्री दर्जा कोट मा.वि धिर्कामाण्डौँ, डोटीको विद्यालयलाई एक थान ल्यापटपसहित ३०० थान न्यानो लुगा र पुस्तकालयका लागि पुस्तकहरू पनि उपलब्ध गराएको कुरा पाठशालाका अध्यक्ष जोशी बता ।
![]()
धनगढी उपमहानगर पालिका स्थित ५ नम्बर वडाको शिवनगरमा रहेको चैतन्य एकेडेमी पाठशालाले विगतका वर्षदेखिनै देशका विभिन्न विद्यालयमा यस्ता परोपकारी कार्यक्रम गर्दै आइरहेको छ। कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
यस्ता खालका कार्यक्रमवाट समाजमा सकारात्मक मनोविज्ञानको विकास भएको स्थानीयहरूको प्रतिक्रिया छ ।
![]()