चीनमा नेपाली चिया निर्यात गर्न सरकारले गृहकार्य थालेको छ : प्रधानमन्त्री ओली - Chaitanya News
  • 2026-06-30
  • 07:29:29
  • मंगलबार,आषाढ १६, २०८३
  • चीनमा नेपाली चिया निर्यात गर्न सरकारले गृहकार्य थालेको छ : प्रधानमन्त्री ओली

    चीनमा नेपाली चिया निर्यात गर्न सरकारले गृहकार्य थालेको छ : प्रधानमन्त्री ओली

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा नेपाली चिया निर्यातको सहजीकरणको लागि सरकारले गृहकार्य थालेको बताएका छन्।

    गत डिसेम्बर ५ देखि २० दिनसम्म चीनको वाणिज्य मन्त्रालयको प्रायोजन तथा फुजियान प्रान्तस्थित झाङझाङ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको आयोजनामा ‘नेपालका लागि चिया प्रशोधन प्रविधि र चिया उद्योग प्रवर्द्धनसम्बन्धी तालिम’ मा सहभागी भई फर्किएकासँगको भेटमा प्रधानमन्त्री ओलीले चिया संस्कृतिको विकाससँगै अर्ग्यानिक चियाको उत्पादन, बजारीकरणमा जोड दिए।

    चिनियाँ चिया संस्कृति, ब्रान्डिङलगायतको विषयमा कलेजद्वारा आयोजित तालिम कार्यक्रमले नेपाली चिया उद्योग प्रवर्द्धनमा टेवा पुग्ने प्रधानमन्त्रीको विश्वास थियो।

    नेपाल(चाइना टी कल्चर प्रवर्द्धन समाजका अध्यक्ष प्रोफेसर सचित आनन्द सुब्बाले कलेजको तर्फबाट प्रधानमन्त्री ओलीलाई कदरपत्र र उपहार हस्तान्तरण गरेका थिए। सुब्बाले इलाममा चिया फेस्टिबल गर्न भइरहेको तयारीबारे जानकारी गराए।

    बालुवाटारमा भएको भेटमा इलाम २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ पनि सहभागी थिए। यसैबीच निम्न व्यक्ति सम्मिलित नेपाल(चीन चिया संस्कृति प्रवर्द्धन समाज चयन गरिएको छ।