संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी - Chaitanya News
  • 2026-06-29
  • 07:28:06
  • सोमबार,आषाढ १५, २०८३
  • संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी

    संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी

    काठमाडौँ– सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी भइरहेको छ। एक मन्त्रीका अनुसार अधिवेशन बस्दा माघ लाग्न सक्ने वा पुसकै दिनमा पनि बस्न सक्ने छ।

    संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा सत्तारुढ दलको तर्फबाट पहल लिइरहेकाले विजनेश समेतलाई ध्यानमा राखेर अधिवेशन बोलाउन लागिएको सत्तारुढ दलका नेताहरूले बताएका छन्।

    संसद्‌मा विचाराधीन विधेयक अगाडि बढाउन एमालेले तोक्यो फोकल पर्सन एमालेले संसदीय समितिमा विचाराधीन विधेयक अगाडि बढाउन भनेर फोकल पर्सन नै तोकेको छ।

    संसद्को वर्षे अधिवेशन नगत भदौ ३१ गते अन्त्य भएको थियो। लामो समयसम्म अधिवेशन नबोलाएको भनेर प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण समेत गर्दै आएका छन्।