५ देशका राजदूतले लिए शपथ - Chaitanya News
  • 2026-06-29
  • 07:29:15
  • सोमबार,आषाढ १५, २०८३
  • काठमाडौं– विभिन्‍न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले शपथ लिएका छन्।

    आज (बुधबार) पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएका हुन्।

    शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका थिए।

    सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए।

    समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायतको उपस्थिति थियो।