जनता समस्याले उकुसमुकुस छन् : महामन्त्री थापा - Chaitanya News
  • 2026-06-29
  • 07:27:08
  • सोमबार,आषाढ १५, २०८३
  • जनता समस्याले उकुसमुकुस छन् : महामन्त्री थापा

    जनता समस्याले उकुसमुकुस छन् : महामन्त्री थापा

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको बताएका छन् । आज (मंगलबार)मकवानपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताए।

    यस्तै उनले नेपाली जनतामा प्रगतिको भोक रहेको समेत बताए।

    ‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान काँग्रेसले पूरा गरिदियोस् भन्ने छ। पुराना कुरामा अड्किएर बस्ने होइन। नेपाली समाज उकुसमुकुस छ। त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ।

    साथै, उनले ती समस्याहरूको समाधानको प्रयास गर्दागर्दै हुने सामूहिकताको भावना नै राष्ट्रियता भएको जिकिर गरे।

    ‘माटो छ, भूगोल छ, मेची महाकालीको नक्सा छ। त्यो नक्साभित्र हामी बसेका छौँ । कुनै बेला समस्या के थियो, हिंसा थियो। कुनै बेला हाम्रो अधिकार थियो,’ थापाले भने, ‘‘आजकहिँ न कहीँ छटपटी देखिन्छ। हामीबाट पार्टीभित्र सघन छलफल गरेर अघि बढ्नुपर्छ।