काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा पहिलो दल बन्ने पार्टीले पाँच वर्ष सरकार चलाउने र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका छन्।
पूर्वकर्मचारी समाज नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अब संसद पाँच वर्षभित्र कुनै बहादुरले चाहेर पनि भंग नसक्ने बताए।
उनले भने, ‘सर्वोच्च अदालतले जबसम्म संसदमा विकल्प रहन्छ तबसम्म विघटन हुँदैन भनेको छ। अब हामीलाई पाँच वर्ष स्थिर रहने संसद मात्रै होइन, पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहिएको छ। अबको बहस त्यहाँ हुनुपर्छ। कोही प्रधानमन्त्रीले पाँच बर्ष निरन्तर शासन गरोस् अब छलफल त्यता गर्नुपर्छ।
लोकतान्त्रिक पद्धतिमा एउटा पनि प्रधानमन्त्री पाँच वर्ष शासन नगरेको उनले बताए।
शर्माले थपे, ‘चुनावमा पहिलो हुने दल प्रत्यक्षबाट प्राप्त सीट र पपुलर भोटको आधारमा निकालेको संख्याको आधारमा जो पहिलो दल जो हुन्छ उसले पाँच वर्ष शासन गर्नेछ लेख्नुपर्छ। सरकारलाई जाने अधिकार पहिलोलाई मात्रै बनाउनुपर्छ। हामी पहिलो नभए बाहिर बस्छौँ।
अब संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी गर्नुपर्ने बताए।