लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने - Chaitanya News
  • 2026-06-29
  • 07:29:25
  • सोमबार,आषाढ १५, २०८३
  • लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने

    लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने

    दाङ– लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँने भएको छ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो।

    प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए। उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची छ।

    हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो।