काठमाडौँ– झापाका हर्कराज राई प्रतिनिधि सभाको सचिवमा नियुक्तिको लागि सिफारिस भएका छन।
आज (आइतबार) बिहान सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन्।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो।