आज दुई संसदीय समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने - Chaitanya News
  • 2026-06-29
  • 09:48:50
  • सोमबार,आषाढ १५, २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने

    आज दुई संसदीय समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने

    काठमाडौँ– आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। बैठक मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ।

    बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ।

    यस्तै, बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ।