आज पाँच संसदीय समितिको बैठक बस्दै,यी विषयमा छलफल हुने - Chaitanya News
  • 2026-06-29
  • 09:47:31
  • सोमबार,आषाढ १५, २०८३
  • आज पाँच संसदीय समितिको बैठक बस्दै,यी विषयमा छलफल हुने

    आज पाँच संसदीय समितिको बैठक बस्दै,यी विषयमा छलफल हुने

    काठमाडौँ– पाँच वटा संसदीय समितिको बैठक आज बस्दै छ।

    बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ। बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ।

    यस्तै, दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्य–प्रमुख सचेतक र सचेतकहरूसँग छलफल हुनेछ।

    यस्तैगरी, ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ। त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ।

    बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी क्षेत्र विकास कोष, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रमा समितिको गरेको स्थलगत अनुगमनको क्रममा देखिएका समस्या र समाधानका विषयहरूमा छलफल हुनेछ।