काठमाडौँ– गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो तहका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो।
आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी आयोगले ९प्राविधिकरअप्राविधिक० पदमा दरखास्त आह्वान गरेको हो।
इच्छुक तथा नेपाली नागरिकले आजदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माग ८ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
![]()