राष्ट्रपति समक्ष पाँच राजदूतको पद तथा गोपनीयताको शप - Chaitanya News
  • 2026-06-29
  • 09:46:33
  • सोमबार,आषाढ १५, २०८३
  • राष्ट्रपति समक्ष पाँच राजदूतको पद तथा गोपनीयताको शप

    राष्ट्रपति समक्ष पाँच राजदूतको पद तथा गोपनीयताको शप

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

    राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महासंघका लागि नव नियुक्त राजदूत जंगबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा। शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा। शंकरप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको जनाइएको छ।