चार वटा संसदीय समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने - Chaitanya News
  • 2026-06-29
  • 09:49:19
  • सोमबार,आषाढ १५, २०८३
  • चार वटा संसदीय समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने

    चार वटा संसदीय समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने

    काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चार वटा समितिको बैठक बस्दैछ।

    संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतका दुई तथा राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ।

    बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुने कार्यसूची छ।

    यस्तै, दिउँसो साढे १२ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। बैठकमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० का सम्बन्धमा छलफल हुने कार्यसूची छ।

    राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद्९दोस्रो संशोधन० विधेयक २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची छ।

    यस्तैगरी, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल र समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।