राज्य व्यवस्था समितिमा लेखा समितिका सभापतिको आलोचना - Chaitanya News
  • 2026-06-29
  • 09:46:09
  • सोमबार,आषाढ १५, २०८३
  • राज्य व्यवस्था समितिमा लेखा समितिका सभापतिको आलोचना

    राज्य व्यवस्था समितिमा लेखा समितिका सभापतिको आलोचना

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले बैठक नराखेको भनेर सार्वजनिक लेखा समितिका सभापतिको आलोचना गरेका छन्।

    सिंह लेखा समिति सदस्य हुन्। संघीय निजामती सम्बन्धी विधेयकमाथिको छलफलमा संशोधनकर्ताको हैसियतमा छलफलमा सहभागी भएका सांसद सिंहले लेखा समिति सभापतिले बैठक नराखेको भनेर आलोचना गरेका हुन्।

    लेखा समितिको बैठक बसेको छ ? छैन’, उनले भने, ‘कुलमान हटाउन खोज्यो सकेन। त्यसपछि समितिको बैठक नै बसेन।

    कुलमानलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउन लेखा समितिले प्रहरीलाई कारबाही गर्न र अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिन खोजेको तर नसकेपछि समितिको बैठक नै बस्न नसकेको उनले बताए।

    ‘तीन दिन अगाडि नै निर्णय दिइएको थियो हामीलाई। प्रहरीलाई कारबाही गर्न र अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय तीन दिन अगावै दिँदा समेत हामीले मानेनौँ र निर्णय हुन सकेन। त्यसपछि बैठक नै बस्न सकेको छैन’, उनले भने।